राज्यले सामुदायिक विद्युतीकरणप्रति अपनत्वबोध गर्नै पर्दछ : नवनिर्वाचित अध्यक्ष पाैडेल
काठमाडौँ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको अध्यक्षमा गोविन्द पौडेल निर्वाचित भएका छन् । आइतबार र साेमबार (असोज ४ र ५ गते) काठमाडाैँमा भएकाे दुई दिने सातौँ राष्ट्रिय महाधिवेशनबाट पाैडेलकाे नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा सार्किमान तामाङ र महिला उपाध्यक्षमा मीरा मरासिनी निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा गोविन्दप्रसाद बजगाईँ, सचिवमा हरि छन्त्याल, सहसचिवमा सङ्गीता श्रेष्ठ र कोषाध्यक्षमा नागेश पोखरेल निर्वाचित भएका छन् । बाँकी प्रदेशगत प्रतिनिधित्व र ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुने गरी सदस्यहरूको मनोनयन र चयन गरिएको छ ।