काठमाडाैं । देश बनाउने जिम्मेवारी हामी सबैको हो। देश कसैको निजी सम्पत्ति होइन, कसैको पेवा होइन र देश निर्माणको ठेक्का पनि कुनै एक व्यक्ति, समूह वा संस्थाले लिएको हुँदैन। नेपाल हामी सबै नेपालीको साझा घर हो। यसको समृद्धि, स्वाभिमान, राष्ट्रियता र भविष्यसँग हामी सबैको समान सम्बन्ध छ। त्यसैले देश निर्माणको जिम्मेवारी पनि हामी सबैको साझा जिम्मेवारी हो।तर कहिलेकाहीँ हाम्रो व्यवहार यस्तो देखिन्छ, मानौँ देश बनाउने जिम्मेवारी आफूले मात्र लिएको हो र अरू सबै दर्शक मात्र हुन्। यस्तो सोच र व्यवहारबाट राष्ट्र निर्माण हुन सक्दैन। देश बनाउने हो भने व्यक्तिगत, पारिवारिक र समूहगत स्वार्थभन्दा माथि उठेर साझा राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्छ।राष्ट्र निर्माण निस्वार्थ सेवाबाट हुन्छ, इमानदारीबाट हुन्छ, जिम्मेवार नागरिक व्यवहारबाट हुन्छ। देश केवल भाषणले बन्दैन, नाराले बन्दैन र सामाजिक सञ्जालका स्टन्ट तथा देखावटी कामबाट पनि बन्दैन। देश स्पष्ट दृष्टिकोण, सही नीति, प्रभावकारी कार्यप्रणाली, निरन्तर श्रम र परिणाममुखी कर्मबाट बन्छ।

थप अर्थप्रणालीमा