मिति २०८१।०८।१७ गते वडिगाड गाउँपालिकामा विद्युतीय चुल्हो प्रयोग गर्ने उद्देश्यले गाउँपालिकाको सहकार्यमा विद्युतीय चुल्हो शुभारम्भ गरिएको छ । गाउपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन को सहजिकरण र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको सहकार्यमा यो कार्यक्रम शुभारम्भ भएको हो। सवै वडाका वडाअध्यक्ष हरु महिला स्वयंसेविकाहरु संघ संस्थाका प्रतिनिधिहरुको विचमा कार्यक्रम शुभारम्भ गर्दै विद्युतीय चुल्हो प्रयोग, विद्युतीय चुल्हो परियोजना र सेवा सुविधावारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । यो कार्यक्रम जिआई जेड एन्डेभको सहयोग र प्राक्टिकल एक्सन र विद्युत महासंघको सम्युक्त आयोजना थियो ।