नेश्नल ईलेक्ट्रिफिकेसन एड्मिस्टेसन ( NEA) फिलिपीन्सको मैत्रिपुर्ण निमन्त्रणामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल ,नेपाल विद्युत प्राधिकरण सामुदायिक ग्रामीण विद्युतीकरण विभाग, जिआईजेड एन्डेभको प्रतिनिधि मण्डलको एक हप्ताको लामो अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ । यस बिचमा संस्थाका प्रतिनिधिहरूबाट National Electrification Administration, BETELCO, फिलिपिन्स विद्युत सहकारी संस्था भ्रमण साथै विभिन्न कार्यक्रममा सहभागीता रह्यो । भ्रमण समूहमा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल बाट अध्यक्ष नारायण ज्ञवाली र रविन्द्र काफ्ले, नेपाल विद्युत प्राधिकरण सामुदायिक ग्रामीण विद्युतीकरण विभागका पुर्व र वर्तमान प्रमुख विक्रमकुमार अमात्य, जंगवहादुर चन्द, जिआईजेड एन्डेभवाट रोजेन श्रेष्ठ , ओजस सिं रहनु भएको थियो ।