सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ राष्ट्रिय परिषद वैठक २०८०/११/१९ गते प्रगतिनगर वुटवलमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्रि धर्म वहादुर चौधरीप्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल विशिष्ट अतिथि हुनुहुन्थ्यो । लुम्वीनी प्रादेशिक कार्यालयका प्रमुख हरि प्रसाद पाण्डे , वुटवल र नेपाल गन्ज वितरण केन्द्रका प्रमुख क्रमश कपिलराज पाण्डे , जगन्नाथ लामिछाने , प्रादेशिक कार्यालयका लेखा प्रमुख फर्सुराम पाण्डे , सामुदायिक वन महासंघका प्रतिनिधि, महासंघका सल्लाहकार रामकृष्ण हुमागाई , भौतिक पुर्वाधार विकास मन्त्रालयका ईन्जीनियर झलक थापा जनप्रत्निधिहरुको आतिथ्यता थियो । देशभरवाट संस्थागत प्रतिनिधि रहेको कार्यक्रमले १२ वुदे वुटवल घोषणा पत्र जारी गर्दै कार्यक्रम समापन भएको थियो ।वक्ताहरुल सामुदायिक विद्युतीकरणको दिगो व्यवस्थापनका लागि सरकारले आवश्यक नीति तर्जुमा गरि सामुदायिक संस्थाहरुक सवलीकरण र सम्मान गर्नु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रमलाई महासंघका उपाध्यक्ष ज्ञानु पाण्डेले स्वागत र महासचिव गोविन्द पौडेलले सन्चालन गर्नु भएको थियो । महासघका अध्यक्ष नारायण ज्ञवालीको अध्यक्षतामा रहेको कार्यक्रममा सामुदायिक विद्युतीकरणका समस्या चुनौती र भाविद्नमा महासंघले निर्वाह गर्नु पर्ने भूमिकावारे कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा महासंघको संस्थागत विकास र परिषद व्यवस्थापनमा सहयोग गरेको संस्था प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था वुटवललाई सम्मान गरिएको थियो ।