नेपालमा विशेष गरि भान्सा स्वच्छ वनाउने , विद्युतीय चुल्होको प्रयोग वढाएर मानव स्वास्थ्य सुधार गराउने, आयातित पेट्रोलियम पदार्थलाई न्युनिकरण गरि स्वदेशि उर्जाको खपत वढाउने जस्ता उद्देश्य वोकेर मिति २०८०/१०/२ गते समूहका साथ नेपालको पुर्व तर्फ जाने क्रममा सर्वप्रथम सिन्धुली , उदयपुर, मोरङ विभिन्न वैठक भेटघाट गर्दै झापा दमकमा विश्राम लिईयो । अर्को दिन ईलाम चुलाचुलि सामुदायिक संस्थामा विद्युतीय चुल्होको अवस्था वारे छलफल गर्दै विर्तामोड अनारमनि वितरण केन्द्रमा छलफल गरियो । विर्तामोड पछि भद्रपुर वितरण केन्द्रमा छलफल पछि कार्यक्रम स्थल कचन कवल गाउँपाल्कामा ६ ओटा सामुदायिक संस्था पालिका का पदाधिकारीहरु, नेपा विद्युत प्राधिकरणका कर्मचारीहरुको विचमा विद्युतीय चुल्हो शुभारम्भ कार्यक्रम सम्पन्न भयो । त्यसै दिन स ना किसान सहकारी संस्थाको अनुगमन पछि नेपालको सवैभन्दा होचो ५९ मिटर ठाउँ कचना कवल पुगेर वालुवाडि विश्राम लिईयो ।२०८०/१०/४ गते प्राविधिक हरुलाई तालिम प्रदान गर्दै ईलाम जाने क्रममा चिया वगानको तस्विर खिच्दै ईलाम वास वसियो । सोहि क्रममा ईलाम वितरण केन्द्रका प्रमुख सहित ईन्जीनियर संग भेटघाट छलफल भयो । २०८०/१०/५ गते विहान ईलाम वितरण केन्द्र को अनुगमन र छलफल पछि पाँचथर जोरपोखरमा जिल्लाका ७ ओटा सामुदायिक संस्था गाउपालिका पदाधिकारीहरुको विच विद्युतीय चुल्होको शुभारम्भ गरियो ।२०८०/१०/६ गते ताप्लेजुंग र पाँचथरका सामुदायिक संस्थाका प्राविधिकहरुलाई तालिम प्रदान गरि ईलामको फिकलमा वास वसियो । २०८०/१०/७ हते विहान यात्रा प्रारम्भ गर्दै मोरङमा भेघाट र सिन्धुल्मा सामुदायिक संस्था संग ऋेट गर्दै सिन्धुलीको मुलकोटमा वास वसियो । २०८०/१० ८ गते विहान यात्रा प्रारम्भ गरि कार्यालयमा विविध वैठकमा सहभागि भई ७ औ दिनमा घरमा वास वसियो । यो व्यस्त कार्यक्रममा समय प्रदान गरि कार्यक्रम सफल वनाउन सहयोग गर्ने सहभागि सवै साथिहरुलाई दिलै देखि धन्यवाद दिन चाहन्छु ।

नारायण ज्ञवाली

अध्यक्ष तथा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपाल