सोलुखुम्बु जिल्लाको महाकुलुङ गाँउपालिकामा विद्युतिय चुलोको दिगो बजार विकाससम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथै उक्त कार्यक्रम पश्चात यस गाउँपालिकामा समेत नेपाल सरकारको विद्युतिय चुलो राष्ट्रिय अभियान भन्ने कार्यक्रम अन्तर्गत EnDev/GIZ को आर्थिक सहयोग तथा Practical Action – Nepal र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल (NACEUN) को सहकार्यमा सञ्चालित “नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास कार्यक्रम” सञ्चालन गर्ने प्रारम्भिक सम्झौता समेत भएको छ ।