हामी विद्युतीय चुल्हो राष्ट्रीय अभियानको चरणमा छौ । विद्युतीय चुल्हो प्रवर्द्धन गर्ने , गुणस्तर प्रयोग गर्न प्रेरित गर्ने , उपभोक्ता शिक्षा सन्चालन गर्ने, विद्युतीय चुल्हो प्रयोग गराउन अभियान चलाउने, नीति निर्माणमा सरकार संग वकालती वढाउने, राष्ट्रीय तथा अन्तर्राष्ट्रीय संघ संस्थाहरुसंग सहकार्य र समन्वय गर्नुका साथै विद्युतीय चुल्हो मर्मत गर्ने मुख्य कामलाई प्राथमिकता दिदै चुल्हो मर्मत तालिम सन्चालन गरि गाउँ गाउँमा प्राविधिक तयार गर्ने कार्य गरिरहेका छौ । यस सम्वन्धी सुझाव प्रतिक्रिया छ भने सुझावको अपेक्षा गर्दछौ ।