२०८०/२/२८ गुल्मी जिल्लामा बिधुतिय चुलोको बजार प्रबर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ । मजुवा इलाका सामुदायिक बिधुत उपभोक्ता समितिका अध्यक्ष चेतन बस्नेतको अध्यक्षता, चन्द्रकोट गाउँ पालिकाका अध्यक्ष युबराज के सि को प्रमुख आतिथ्यता, उपाध्यक्ष बिष्णु भण्डारी तथा सामुदायिक बिधुत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालिको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा शान्तिपुर इलाका सामुदायिक बिधुत उपभोक्ता समितीका अध्यक्ष धाचानन्द शर्माको स्वागत मन्तव्य तथा मजुवा इलाका सामुदायिक बिधुत उपभोक्ता समितिका कोसाध्यक्ष भागिरथ खरेलको संचालनमा बिधुतिय चुलोको बजार प्रबर्द्धन कार्यक्रम लागू भयका ९ वटा सामुदायिक सस्थाका अध्यक्ष तथा पदाधिकारी, सामुदायिक सस्थाको कार्यक्षेत्रमा पर्ने मुसिकोट, चन्द्रकोट र रुरुका स्थानीय वडाका अध्यक्षहरुको आतिथ्यतामा स्थानीय सरकार, परियोजना र सस्थाबिचको अन्तरक्रिया सम्पन्न भयको छ ।