सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ राष्ट्रिय परिषद वैठक २०८०/११/१९ गते प्रगतिनगर वुटवलमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्रि धर्म वहादुर चौधरीप्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल विशिष्ट अतिथि हुनुहुन्थ्यो । लुम्वीनी प्रादेशिक कार्यालयका प्रमुख हरि प्रसाद पाण्डे , वुटवल र नेपाल गन्ज वितरण केन्द्रका प्रमुख क्रमश कपिलराज पाण्डे , जगन्नाथ लामिछाने , प्रादेशिक कार्यालयका लेखा प्रमुख फर्सुराम पाण्डे , सामुदायिक वन महासंघका प्रतिनिधि, महासंघका सल्लाहकार रामकृष्ण हुमागाई , भौतिक पुर्वाधार विकास मन्त्रालयका ईन्जीनियर झलक थापा जनप्रत्निधिहरुको आतिथ्यता थियो । देशभरवाट संस्थागत प्रतिनिधि रहेको कार्यक्रमले १२ वुदे वुटवल घोषणा पत्र जारी गर्दै कार्यक्रम समापन भएको थियो ।वक्ताहरुल सामुदायिक विद्युतीकरणको दिगो व्यवस्थापनका लागि सरकारले आवश्यक नीति तर्जुमा गरि सामुदायिक संस्थाहरुक सवलीकरण र सम्मान गर्नु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रमलाई महासंघका उपाध्यक्ष ज्ञानु पाण्डेले स्वागत र महासचिव गोविन्द पौडेलले सन्चालन गर्नु भएको थियो । महासघका अध्यक्ष नारायण ज्ञवालीको अध्यक्षतामा रहेको कार्यक्रममा सामुदायिक विद्युतीकरणका समस्या चुनौती र भाविद्नमा महासंघले निर्वाह गर्नु पर्ने भूमिकावारे कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा महासंघको संस्थागत विकास र परिषद व्यवस्थापनमा सहयोग गरेको संस्था प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था वुटवललाई सम्मान गरिएको थियो ।
Recent Posts
Call for Individual Consultants for Use Monitoring of Electric Cookstoves – Published Date 16/12/2024
No CommentsApplication Process:Interested candidates are requested to submit their Expression of …Read More »वडिगाड गाउँपालिकामा विद्युतीय चुल्हो शुभारम्भ
No Commentsमिति २०८१।०८।१७ गते वडिगाड गाउँपालिकामा विद्युतीय चुल्हो प्रयोग गर्ने उद्देश्यले …Read More »ऊर्जा संचार, चाैथाे शृङ्खला | Narayan Gyawali | Urja Sanchar
No Commentsजनता टेलिभिजनबाट प्रशारित कार्यक्रममा सामुदायिक विद्युतिकरण सम्बन्धि सामुदायिक विद्युत उपभोक्ता …Read More »७ वर्ष अघि प्रकाशित सामुदायिक विद्युतीकरण सम्बन्धि लेख
No Commentsसामुदायिक विद्युतीकरण र विद्युत व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम
No Comments२८ कार्तिक २०८१, सोलुखुम्बु। सहजीकरण सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, …Read More »