लुम्बिनी प्रदेश सामुदायिक विद्युतीकरणको क्षेत्रमा देशकै अग्रणी प्रदेशमध्ये एक हो । यहाँका अधिकांश जिल्लामा सामुदायिक मोडलमार्फत उल्लेखनीय रूपमा विद्युतीकरण विस्तार भएको छ । संघीय संरचना अनुरूप लुम्बिनी प्रदेश सरकारले सामुदायिक विद्युतीकरणलाई प्राथमिकतामा राखी निरन्तर सहयोग गर्दै आएको छ ।यस पटक पनि विद्युतीकरण विस्तार, प्रदेश विद्युत ऐन निर्माण, प्रणाली सुदृढीकरण लगायतका महत्वपूर्ण विषयमा लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री, मन्त्रीहरू तथा सम्बन्धित जिम्मेवार कर्मचारीहरूसँग घनिभूत छलफल भएको छ । छलफल अत्यन्तै सकारात्मक र परिणाममुखी रहेको छ ।
छलफलका क्रममा सामुदायिक विद्युतीकरणलाई अझ प्रभावकारी बनाउँदै गुणस्तरीय र भरपर्दो विद्युत सेवा नागरिकसम्म पुर्याउन सरकार र समुदायबीच सहकार्य आवश्यक रहेकोमा साझा धारणा बन्यो । यसका लागि सबै सरोकारवालासँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

