चैत्र १६– नेपाल सरकारको ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी लिनुभएका माननीय मन्त्री विराज भक्त श्रेष्टज्यूलाई सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंध नेपालको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

महासंघका अध्यक्ष नारायण ज्ञवाली र महासचिव गोविन्द पौडेलले मन्त्रालयको मन्त्रीज्यूको कार्यकक्षमा भेटि सामुदायिक विद्युतीकरण सम्बन्धी अवधारणा प्रस्तुत गर्नुभएको छ । नेपालमा ग्रामीण विद्युतीकरण गरि उज्यालो नेपाल बनाउन प्रमुख योगदान पु¥याएको सामुदायिक विद्युतीकरण कार्यक्रम र सामुदायिक संस्थमको भुमिकालाई प्रभावकारी बनाउन माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गरिएको छ । सामुदायिक विद्युतीकरण सम्बन्धी नीति, विद्युत ऐन, प्रभावकारी र गुणस्तरीय सेवा, विद्युत महशुलमा पुनरावलोकन आदि विषयमा महासंघको सरोकार रहेको कुरा भेटमा व्यक्त गरिएको छ । प्रतिउत्तरमा माननीय मन्त्रीज्यूबाट समुदायले राष्ट्रको लागी गरेको योगदान, अनुभवलाई सरकारले यथोचित सम्बोधन गर्न र सहकार्य र समन्वयका लागी आग्रह गर्नु भएको छ । महासंघबाट मन्त्रीज्यूलाई निम्न विषयमा ध्यानाकर्षण गराइएको छ ।
