आज मिति २०८२ श्रावण ११ गते सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ–नेपालको २१ औँ स्थापना दिवस समारोह “सामुदायिक विद्युतीकरणमा ,जनसहभागिताको सम्बोधन लगानीको सम्मान, सुलभ सेवा र विद्युत महशुल समायोजन“ भन्ने मुल नाराका साथ सम्पन्न भएको छ । महासंघका अध्यक्ष श्री नारायण ज्ञवालीज्युको अध्यक्षतामा, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री माननीय दिपक खड्काज्युको प्रमुख आतिथ्यतामा, सरकारी, गैरसरकारी, साझेदार संस्थाहरुको प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो । साथै सामुदायिक विद्युतीकरणको क्षेत्रमा विविध योगदान पु¥याएका संस्था तथा व्यक्तिहरुलाई कदर गरियो ।

१. तिमाल सामुदायिक विकास उपभोक्ता समिति, काभ्रे पूर्वाधार सुचारु

२. भूमेचुली मंगलटार ग्रामीण विद्युत सहकारी संस्था, लि., काभ्रे पूर्वाधार सुचारु

३. दक्षिण ललितपुर ग्रामीण विकास सहकारी संस्था, लि., ललितपुर पूर्वाधार सुचारु

४. जनज्योती विद्युत उपभोक्ता समिति, बारा आवर्ति कोष

५. घोडाघोडी सामुदायिक ग्रामीण विद्युत सहकारी संस्था, कैलाली ई–रिक्सा

६. चेतराज भट्टराई – पूर्व अध्यक्ष÷अभियान्ता जिल्ला संघ झापा

७. दिलराज खनाल – कानुनी व्यवसायी÷सल्लाहकार कानुनी परामर्शदाता

८. चुरो कुरो टि.भि (प्रस्तोता उमेश सुवेदी) सुचना सम्प्रेषण

९. श्री शम्भु प्रसाद उपाध्याय – पूर्व उप–कार्यकारी निर्देशक सामाग्री उपलब्ध ÷परामर्शदाता

१० श्री रविन्द्र काफ्ले – लेखा अधिकृत कार्य सम्पादन