सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल झापा जिल्लाको पाँचौ अधिवेशन मिति २०८२।०२।२१ गते सम्पन्न भएको छ । झापा जिल्ला स्थित सामुदायिक विद्युतीकरण गरेका संस्थाहरुको सहभागितामा अधिवेशन सम्पन्न भएको हो । पाँचौ अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । अध्यक्षमा चन्द्र बहादुर तामाङ्ग, उपाध्यक्ष फुलमाया गुरुङ्ग, सचिव मोहन खनाल, कोषाध्यक्ष नविन मैनाली, सह–सचिव चन्द्र देवि दाहाल र सदस्यहरुमा लोक बहादुर बस्नेत, लिलाधर राजवंशी, तेज बहादुर चोम्बाङ्ग, खिम माया चौलागाई, कोपिला सिलवाल, लक्ष्मी देवी लिम्बु, बम बहादुर तामाङ्ग सहितको कार्यसमिति निर्वाचित हुनु भएको थियो । कचनाकबल गाँउपालिकाका प्रमुख कालेन्द्र प्रसाद सिंह राजवंशीको प्रमुख आतित्यथामा, उपाध्यक्ष नवराज भट्टराई विशिष्ट अतिथि, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका महासचिव गोविन्द प्रसाद पौडेल र विद्युत प्राधिकरणको भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणी बजगाई लगायत संस्थाहरुको सहभागितामा भएको थियो । सो अवसरमा शुभकामना मन्तव्य मार्फत उपस्थित अतिथिज्यूहरुले सामुदायिक विद्युतीकरणको समस्या, अवसर र चुनौतिको बारेमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष चेत राज भट्टराईज्यूले गर्नु भएको थियो ।
Recent Posts
Expression of interest for Policy Development
No Commentsविद्युतीय चुलोका कुरा कवितावाट
No Commentsसस्तो तथा किफायती चुलो र गुणस्तरीय विद्युत् आपूर्ति पहिलो सर्त
No Commentsविद्युतीय चुलोको प्रयोग, प्रवर्द्धन तथा विस्तार गर्न गुणस्तरीय विद्युत् उपलब्ध …Read More »चर्चा र चिन्तन
No Commentsसामुदायिक बिद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष एवँ बिद्युतिय चुलो …Read More »सामुदायिक विद्युतीकरण अभ्यास
No Commentsविसं १९६८ बाट नेपालमा जलविद्युत्को इतिहास शुभारम्भ भए पनि २०८१ …Read More »