सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपाल झापा जिल्लाको पाँचौ अधिवेशन मिति २०८२।०२।२१ गते सम्पन्न भएको छ । झापा जिल्ला स्थित सामुदायिक विद्युतीकरण गरेका संस्थाहरुको सहभागितामा अधिवेशन सम्पन्न भएको हो । पाँचौ अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । अध्यक्षमा चन्द्र बहादुर तामाङ्ग, उपाध्यक्ष फुलमाया गुरुङ्ग, सचिव मोहन खनाल, कोषाध्यक्ष नविन मैनाली, सह–सचिव चन्द्र देवि दाहाल र सदस्यहरुमा लोक बहादुर बस्नेत, लिलाधर राजवंशी, तेज बहादुर चोम्बाङ्ग, खिम माया चौलागाई, कोपिला सिलवाल, लक्ष्मी देवी लिम्बु, बम बहादुर तामाङ्ग सहितको कार्यसमिति निर्वाचित हुनु भएको थियो । कचनाकबल गाँउपालिकाका प्रमुख कालेन्द्र प्रसाद सिंह राजवंशीको प्रमुख आतित्यथामा, उपाध्यक्ष नवराज भट्टराई विशिष्ट अतिथि, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका महासचिव गोविन्द प्रसाद पौडेल र विद्युत प्राधिकरणको भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणी बजगाई लगायत संस्थाहरुको सहभागितामा भएको थियो । सो अवसरमा शुभकामना मन्तव्य मार्फत उपस्थित अतिथिज्यूहरुले सामुदायिक विद्युतीकरणको समस्या, अवसर र चुनौतिको बारेमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष चेत राज भट्टराईज्यूले गर्नु भएको थियो ।
Recent Posts

गुणस्तरिय विद्युत सेवाको अभाव । सरकारको ऊर्जा नीति बाधक । Today Sambad
No Commentsराष्ट्रिय महासंघ नेपाल का केन्द्रिय अध्यक्ष आदरणीय श्री नारायण ज्ञवाली …Read More »
राजनीतिक शुद्धताको मानक
No Commentsराजनीति पहाडबाट झरेको झरना जस्तै शुद्ध, स्वच्छ र जीवनदायी हुनुपर्ने …Read More »
राजनीतिक सहिष्णुता
No Commentsजहाँ सहिष्णुता हुन्छ, त्यहाँ बहस हुन्छ । जहाँ बहस हुन्छ, …Read More »
प्रगतिनगर सामुदायिक विधुत सहकारी संस्था लि मा छलफल र परामर्श
No Commentsसामुदायिक विधुत उपभोत्ता राष्ट्रिय महासंघ नेपाल का केन्द्रिय अध्यक्ष आदरणीय …Read More »
विद्युतीकरण विस्तार, प्रदेश विद्युत ऐन निर्माण, प्रणाली सुदृढीकरण लगायतका महत्वपूर्ण विषयमा लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री, मन्त्रीहरू तथा सम्बन्धित जिम्मेवार कर्मचारीहरूसँग घनिभूत छलफल
No Commentsलुम्बिनी प्रदेश सामुदायिक विद्युतीकरणको क्षेत्रमा देशकै अग्रणी प्रदेशमध्ये एक हो …Read More »