सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालको २० औं स्थापना दिवस विविध कार्यक्रम गर्दै सम्पन्न भएको छ ।माननीय उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री माननीय दिपक खड्काज्यूले उद्घाटन गर्नु भएको कार्यक्रममा विशिष्ट अतिथि विद्युत नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल हुनुहुन्थ्यो । समारोहमा उर्जा क्षेत्रका विज्ञहरु , सरोकार साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु , पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो ।वक्ताहरुले सामुदायिक विद्युतीकरण कार्यक्रमलाई नयाँ सिरावाट व्यवस्थित गर्नु पर्ने र दुखको समयमा साथ दिएका सामुदायिक संस्थाहरुलाई राज्यले सम्मान गर्नु पर्ने कुरा वक्ताहरुले जोड दिनु भएको थियो ।कार्यक्रममा उर्जा खवरका सम्पादक लक्ष्मण वियोगी र संकरपुर सर्लाहीमा कार्यरत सामुदायिक संस्थालाई सम्मान गरिएको थियो ।



