EnDev/GIZ को सहयोगमा PRACTICAL ACTION र NACEUN द्वारा सञ्चालित “नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजना” बारे उदयपुरगढि गाँउपालिकाका टोल विकास सस्थाका अध्यक्ष लगायत पदाधिकारीहरुको लागी अभिमुखिकरण तथा परियोजनालाई समुदायमा कसरी प्रभावकारी तरिकाले सञ्चालन गर्ने भन्ने बारेमा गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रमका केही झलक !

सो कार्यक्रम स्थानिय टोल विकास सस्था समन्वय समिति र विकासका लागि साझा पहल नामक स्थानिय गैह्र सरकारी सस्थासँगको समन्वयमा गरिएको थियो । जसमा उदयपुरगढिका विभिन्न टोलबाट पदाधिकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने विद्युतिय चुलोका प्रयोकर्ताले आफ्नो अनुभव शेयर गर्नुभएको थियो ।