२०८०/१०/११ विद्युतीय चुल्हो राष्ट्रीय अभियानको पाँचौ वार्षिक उत्सव विविध कार्यक्रम गरि भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रि माननीय शक्ति वहादुर वस्नेतको प्रमुख आतिथ्यता र सोहि मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल , विद्युत नियमन आयोगका सदस्य भागिरथि ज्ञवालीको विशेष आतिथ्यता रहेको कार्यक्रम जावलाखेलमा सम्पन्न भएको छ । वढाऔँ विद्युतीय चुल्होको प्रयोग, पुर्याऔँ मानव स्वास्थ्य सुधारमा सहयोग भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रमको अध्यक्षता अभियानको सदस्य संस्था वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले गर्नु भएको थियो ।सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालका अध्यक्ष तथा यस अभियानका अभियान्ता नारायण ज्ञवालीले कार्यक्रमको उद्देश्य प्रकास पार्दै अतिथि , सहभागि सवैलाई स्वागत गर्नु भएको थियो । विकास यात्राका प्रमुख वविता शर्माले सन्चालन गर्नु भएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण लगायत यस अभियानमा जोडिनु भएका संघ संस्था, व्यापारी , उपभोक्ता, पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो । प्रक्टिकल एक्सनका कन्ट्रि डाईरेक्टर पुजा शरेमा , अजम्मरी विकास फाउन्डेशनका प्रमुख सुवर्ण कपाली , नेपाल विद्युत प्राधिकरणका अच्युत घिमिरे लगायत सवै वक्ताहरुले नेपालमा विद्युतीय चुल्होको आवश्यकता , विद्युत महशुल, चुल्होको गुणस्तर , विद्युतको गुणस्तर, मर्मतको व्यवस्था र उपभोक्ता चेतनामा जोड दिनु पर्नेमा मत एकता थियो । समारोहमा विद्युतीय चुल्हो राष्ट्रीय अभियानको काममा प्रशम्सा गर्दै आगामी दिनहरु रचनात्मक वनाउन सवैले सहयोग गर्ने प्रतिवद्धता दिनु भएको थियो । कार्यक्रममा प्रस्तुतिकरण विज्ञ शेखर शर्माले गर्नु भएको थियो ।कार्यक्रममा सहभागि सवैलाई धन्यवाद सहित पहिलो सत्र समापन गरिएको थियो । २०८०/१०/११ जावलाखेल ललीतपुर
विद्युत संचार मा प्रकाशित र
http://www.bidhutsansar.com/2024-01/6718





