बिगत लामो समय देखी अत्यन्त निष्ठा र समर्पणका साथ सामुदायिक विद्युतिकरण तथा विद्युतिय चुल्हो राष्ट्रीय अभियानका वरिष्ठ अभियान्ता तथा समाजसेवी सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपालका अध्यक्ष श्री नारायण ज्ञवालीज्यू उर्जा विकास सम्मान पुरस्कार २०८० बाट सम्मानीत हुनुभएको छ । २०८० भाद्र २२ गते विशेष समारोहमा प्रमुख अतिथि माननीय उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रि रमेश रिजालज्यूले उक्त सम्मान प्रदान गर्नुभएको हो । नेपालमा ऊर्जा विकासको लागि निरन्तर क्रियाशील रहि रहेको अवस्थामा फ़ोकस नेपाल संस्थाले आन्तरिक मूल्यांकनवाट ऊर्जा विकास सम्मान पुरस्कार २०८० ले सम्मानीत गरेको थियो ।


